शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठमाडौंका १७७ सहित उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित

काठमाडौंका १७७ सहित उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

८, भाद्र २०७७
  • 2.5K
    SHARES

  • काठमाडौंका १७७ सहित उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् । 

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

    उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । 
     
    त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । 

    यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

    सोमवार, भाद्र ८ २०७७०४:२८:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार