शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण, ८ जनाको मृत्यु

कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण, ८ जनाको मृत्यु

मेगा खबर संवाददाता

८, भाद्र २०७७
  • 1.2K
    SHARES

  • कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण, ८ जनाको मृत्यु

    काठमाडौं । थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा थप ७४३ मा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ । 

    त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । 

    यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

    सोमवार, भाद्र ८ २०७७०४:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार