रौतहट । गत बुधबार राती रौतहटको माधवनारायण नगरपालिका वाड नं. २ खेसरैयाका पुजारी श्रीराम साहको हत्याको छानबिनका लागि प्रदेश २ प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान गर्न रौतहट पठाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरले वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा अनुसन्धानको लागी टोली पठाएको हो । सो टोली शनिबार रौतहट आइपुगेको छ ।
बरिष्ठ प्रहरी उपरिक्षक पोख्रेलको टोलीले शनिबार घटना स्थलको स्थलगत रुपमा अनुसन्धान सुरु गरेको छ । पुजारीले प्रयोग गर्दै आएको मोबाइल उनको पारिवारिक पृष्ठभूमि, छिमेकी, नातेदार लगायत सित सोधपुछ गरी अनुसन्धानलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिराज खडकाले जानकारी दिएका छन ।
हत्यामा संलग्न चाडै पक्राउ गर्ने प्रहरी उपरिक्षक खड्काले प्रतिक्रिया दिएका छन । ‘हामी हत्याराको नजिक पुगिसकेका छौं, ’ उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ ।’ केही मानिसको पहिचान भए पनि प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम गोप्य राखेको छ । ती मानिसहरुको पहिचान खुले पनि संलग्नता बारे अझै यकिन गर्न निगरानी सुरु गरेको प्रहरीको भनाइ छ ।
खेसरैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहमाथि गएको बुधबार राति करिब साढे ९ बजे गोली प्रहार गरी हत्या भएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको थियो । मन्दिरमा एक्लै बस्ने पुजारीको परिवारका कुनै सदस्य छैनन् । यसैबीच पुजारी श्रीराम साह हत्याको विरोधमा हिन्दु परिषद् नेपाल, नेपाली कांग्रेस रौतहटले विज्ञप्ति जारी गदै चाडो भन्दा चाडो हत्यारा पत्ता लगाइ कार्वाही गर्न माग गरेका छन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।