काठमाडौं । सिन्धुपाल्चोकमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ १ गते संक्रमण देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङकमा आधारमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संचालित एक गैर सरकारी संस्थामा कार्यरत कर्मचारीको सम्पर्कमा आएकाहरुको कम्ट्याक्ट ट्रेसिङ गरिएको हो । त्यहाँ कार्यरत चार जना कृषि प्राविधिकहरु १४ दिने तालिममा सहभागी हुन चितवन गएका थिए । उनीहरु सबैमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय भवन नै सिल गरिएको थियो ।
सो भवनमा रहेका ११ जनामध्ये ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो भने बाँकीको नतिजा आउन बाँकी छ । स्वास्थ्य कार्यालय, चौताराका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार संक्रमणको दोस्रो तहका व्यक्तिहरुमा पहिलो पटक संक्रमण देखिएको हो ।
उनीहरु मध्ये दुइजना सिन्धुपाल्चोककै इन्द्रावती गाँउपालिका ५ र ७ का हुन् भन एक जना दोलखा जिल्ला जिरी नगरपालिका ४ का हुन् ।
आज नतिजा आएका मध्ये इन्द्रावती –५का एक पुरुष भदौ १ गते जिल्ला अस्पतालको एक कार्यक्रममा सहभागी भएका थिए । साउन २८ गते स्वाब नमुना दिएका उनको साउन ३२ गते नेगेटीभ नतिजा आएपछि उनी सो बैठकमा सहभागी भएका थिए । साउन २८ गतेमात्रै संक्रमितको सम्पर्कमा आएका उनी त्यसअघि नै दिएको नमुनाबाट ढुक्क हुँदै बैठकमा गएका थिए ।
सो वैठकमा जनस्वास्थ्य कार्यालय चौताराका प्रमुख सहित चौतारा अस्पतालका केही डाक्टर र कर्मचारी तथा चौतारा सँगाचोकगढी नगरपालिकाका केही कर्मचारी समेत सहभागी रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।