शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

आनन्दवन अस्पतालमा स्थापित कोभिड ल्याबको मन्त्री दुलालद्वारा उद्घाटन

आनन्दवन अस्पतालमा स्थापित कोभिड ल्याबको मन्त्री दुलालद्वारा उद्घाटन

मेगा खबर संवाददाता

८, भाद्र २०७७
  • 1.9K
    SHARES

  • आनन्दवन अस्पतालमा स्थापित कोभिड ल्याबको मन्त्री दुलालद्वारा उद्घाटन

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नं ६ स्थित आनन्दवन अस्पतालमा स्थापना गरिएको कोभिड १९ डायग्नोस्टिक प्रयोगशालाको उद्घाटन भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले अस्पतालमा अवस्थित एमआरएलको भर्खरै स्थापित प्रयोगशालाको सामबार उद्घाटन गरेका हुन् ।

    विश्व नै कोरोना भाइरस महामारीसँग जुधिरहेको बेलामा बनेको यो प्रयोगशालालाई आवश्यक परेको खण्डमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

    एमआरएलको आणुवांशिक प्रयोगशाला शायद देशको पुरानो प्लेटफर्मको रूपमा चिनिन्छ र यसको क्लिनिकल निदान र अनुसन्धान गतिविधिहरूको लागि चर्चित छ । 

    यस कोभिड १९ डायग्नोस्टिक प्रयोगशालाले ५६ जना अस्पताल कर्मचारीहरुको स्वाब को नमुना लिएर सार्स कोरोना भाईरस २ को आणुवांशिक (आरटि – पीसीआर) प्रविधी वाट परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको कोभिड–१९ डायग्नोस्टिक प्रयोगशालाका फोकल पर्सन डा. सन्तोष दुलालले जानकारी दिए ।

    सोमवार, भाद्र ८ २०७७०२:४३:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार