बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थाल्यो

विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थाल्यो

  • 1.9K
    SHARES

  • विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थाल्यो

    संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ ।

    अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो । विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटाले संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको खोजी भइरहेको बताए । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो ।

    हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहजरुपमा राख्न सकिने भाषाका रुपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो । संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ ।

    विभिन्न देशमा संस्कृतको माग बढेको छ । संस्कृतको अन्तर्राष्ट्रिय बजार बन्न थालेपछि काठमाडौं उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, वाग्मती, डिएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ । योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटाले बताए । 

    माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको सङ्ख्या बढेको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामको पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको जनाइएको छ ।

    शुक्रवार, जेठ ६ २०७९१०:२६:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार