शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

मिर्गौला फेल भएर उपचारमा समस्या भएपछि सहयोगको अपिल

मिर्गौला फेल भएर उपचारमा समस्या भएपछि सहयोगको अपिल

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 7.6K
    SHARES

  • मिर्गौला फेल भएर उपचारमा समस्या भएपछि सहयोगको अपिल


    तस्बिर : देवेन्द्र दाहालको फेसबुकबाट

    चौतारा । इन्द्रावती गाउँपालिका–४ कि टिकामाई दाहाल दुवै मिर्गौला फेल भएपछि उपचारका लागि समस्या भएको छ । गत १७ असारमा एक्कासी स्वास्थ्यमा समस्या आएपछि चेकजाँच गर्दा मिर्गौला फेल भएको रिपोर्ट आएको थियो । 

    दाहालको अहिले काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेको छ । मध्यमवर्गीय पृष्ठभुमि रहेको दाहाल परिवार अहिले उपचारका लागि समस्या भएपछि चिन्तित छन् । विश्वमा महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस महामारीका कारण पर्न गएको आर्थिक संकट, औषधिजन्य वस्तुमा बढ्दै गएको मूल्यवृद्धि, लकडाउन लगायतका कारण उपचारमा समस्या भएको छोराम लक्ष्मण दाहालले बताए । 

    ५३ वर्षीया टिकामाईको उपचारका लागि एकैपटक ठूलो रकम आवश्यक परेकाले समस्या भएको उनको भनाई छ । साथै, आमाको उपचारार्थ देश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोग गर्न परिवारले अपिल गरेको छ । 

    परिवारका अनुसार निम्न व्यक्तिहरुमा फोन सम्पर्क गरेर बिरामीको उपचारमा सहयोग गर्न सक्नुहुनेछ :

    देबेन्द्र प्रसाद दाहाल: 9851013907
    सुरेश गाैतम: 9849601393
    कुमार दाहाल: 9849345885
    नवराज दाहाल: 9851086621
    इश्वर दाहाल: 9851194366
    साथै
    बैंक: कामना सेवा विकास बैंक
    खाता नं.: 11214100297599000001
    खातावालाकाे नाम: लक्ष्मण दाहाल
    सम्पर्क नं.: 9851173687

    आइतवार, भाद्र ७ २०७७०६:३०:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार