काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।
कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।