शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कारवाहीको माग

कारवाहीको माग

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 1.2K
    SHARES

  • कारवाहीको माग

    काठमाडौँ । साझा पार्टीले कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा समेत अहोरात्र बिरामीको सेवामा खटिईरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै छरछिमेकबाट सामाजिक विभेद तथा दुव्र्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ ।

    विपद्को यस घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड–१९ विरुद्धको साझा लडाईँ केही सहज हुने सो पार्टीले जनाएको छ ।

    स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुव्र्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न सरकारसँग माग गएिको छ ।
    साथै देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले सबैलाई अपील गरेको छ ।

    आइतवार, भाद्र ७ २०७७१२:३१:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार