शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

विद्युत् चुहिएर मानवीय क्षति , चार दिन अँध्यारोमा बास

विद्युत् चुहिएर मानवीय क्षति , चार दिन अँध्यारोमा बास

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 1.7K
    SHARES

  • विद्युत् चुहिएर मानवीय क्षति , चार दिन अँध्यारोमा बास

    पाल्पा । विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।

    बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए ।
    विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए ।
    विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् ।वडासचिव हुमबहादुर कँुवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए ।
    क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ । 

    गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए ।
    कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

    शुक्रबार विद्युत् चुहिँदा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको खुनधारास्थित २६ वर्षीया दिलकुमारी रास्कोटी पुनको मृत्यु भएको थियो । रास्कोटी मगर तीजमा माइती आएकी थिइन् ।
    हावाहुरीसहित गाउँभर विद्युत् चुहिएर करेन्ट लाग्दा रास्कोटी घाइते बनेपछि उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन असपताल तानसेनमा मृत्यु भएको थियो ।
    मृतकका बुबा इमानसिंह पुन र झमानसिंह जोगी कँुवर घाइते भएका थिए । पुनको तानसेनमा उपचार भइरहेको छ ।

    स्थानीय बासिन्दा वीरबहादुर नेपालीको एउटा भैँसी मरेको छ ।
    विद्युत् आपूर्तिमा समस्या देखिएपछि तीजका अवसरमा आफन्तसँग कुराकानी गर्न समेत पाएनन् ।
    जुठापौवामा अधिकांश मगर जातिको बस्ती छ । यहाँका मगरले तीज विशेष पर्वका रूपमा मनाउने गरे पनि यस वर्ष विद्युत् चुहिएर मानवीय क्षति हुँदा बस्ती नै पीडामा छ । 

    आइतवार, भाद्र ७ २०७७११:३८:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार