काठमाडौं । बागमती प्रदेश सरकारले धुलिखेलमा प्रोदशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को महामारीकाबीच अन्य प्रकारका जटिल रोगहरुको समेत परीक्षण गर्न सकिने प्रयोगशाला स्थापना भएको हो ।
शनिबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’को उपस्थितिमा प्रयोगशालाको शुभारम्भ भएको छ । प्रयोगशालामा परीक्षणको प्रक्रिया सुरु भएकाे छ । शनिबार धुलिखेलस्थित शुभारम्भ कार्यक्रममा मन्त्री दुलालले प्रदेशभरिका नागरिकहरुका लागि २४ घण्टैै सेवा उपलब्ध गराउनेरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको बताए ।
अन्य ल्याबहरुले परिक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परिक्षण हुने उनले बताए । कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परिक्षणले नागरिकहरुलाई थप सहज बनाउने विश्वास मन्त्री दुलालले लिएका छन् ।
बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भएपनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताए ।
प्रयोगशलाको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साद लगायत नगरपालिकाका जनप्रतिनिधि लगायतको उपस्थिथि रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।