बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

टिकटकको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा असर

टिकटकको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा असर

मेगा खबर संवाददाता

२२, चैत्र २०७८
  • 2.2K
    SHARES

  • टिकटकको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा असर

    टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ ।

    छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन् । अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ ।

    महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ ।  टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए। आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ ।

    महान्यायाधिवक्ता विलियम टोङले टिकटकबाट हुने खतराप्रति लापरवाही गर्न नसकिने बताए ।  टिकटकको जाँचपछि सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामको पनि जाँच गरिने भएको छ । 

    मंगलवार, चैत्र २२ २०७८०८:५७:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार