कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् ।
डिस्पले बोर्डमा भीमदत्त नगरसहित देशभरिको वातावरणसम्बन्धी जारी दिइने व्यवस्था गरिएको छ ।
नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाका अनुसार केन्द्रले २ दशमलव ५ माइक्रोमिटरभन्दा साना धुलो पानीलगायतका कणहरुको मापन गर्नेछ । बजार क्षेत्रको प्रदूषणको अवस्था के कस्तो छ भन्नेबारे जानकारी दिने छ शाखा प्रमुख ठगुन्नाले भने, “डिस्पेले बोर्डमा देशभरिकै हावाको गुणस्तरबारे जानकारी लिन सकिने छ ।”
केन्द्रमा राखिएका उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिने छ ।
सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भयो भने हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ । त्यसभन्दा माथि जति धेरै हुन्छ स्वास्थ्यका लागि त्यति धेरै हानीकारक हुन्छ । वायु गुणस्तरको सूचक ३०० भन्दा बढी भयो भने मानव स्वास्थ्यको लागि निकै खतरा मानिन्छ । उनका अनुसार भीमदत्तनगर बजार क्षेत्रको हावाको गुणस्तर सुरक्षित रहेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।