बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

त्रिकाेणात्मक सिरिज: फाइनलमा नेपालले पीएनजीलाई दियाे १ सय ६९ रनकाे लक्ष्य

त्रिकाेणात्मक सिरिज: फाइनलमा नेपालले पीएनजीलाई दियाे १ सय ६९ रनकाे लक्ष्य

मेगा खबर संवाददाता

२१, चैत्र २०७८
  • 1.7K
    SHARES

  • त्रिकाेणात्मक सिरिज: फाइनलमा नेपालले पीएनजीलाई दियाे १ सय ६९ रनकाे लक्ष्य

    काठमाण्डाै – त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । 

    मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे ।

    कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए । आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरे । 

    आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रसिंहले ३८ बलमा पाँच चौका सहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । 

    दीपेन्द्रपछि नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेमा पूर्वकप्तान पारस खड्का रहेका छन् । सात सय ९९ रन बनाएका छन् । 

    सोमवार, चैत्र २१ २०७८०४:१३:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार