बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
नेपालमा संक्रमित संख्या ३० हजार नाघ्यो

उपत्यकामा १सय ८२ सहित देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि

उपत्यकामा १सय ८२ सहित देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 1.5K
    SHARES

  • उपत्यकामा  १सय  ८२ सहित देशभर ८ सय ३८ जनामा  कोरोना पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ सय  ८२ कोरोना संक्रमित थपिएका छन् ।

    काठमाडौ उपत्यकामा मात्र १ सय ४२, ललितपुर २५ र भक्तपुरमा १५ जना थपिएका हुन् । यो समेत शुक्रबारसम्म संक्रमित हुनेको संख्या ३० हजार चार सय ८३  पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।

    नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४र४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३र३ जना रहेका छन् ।

    उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २र२ जना संक्रमित थपिएका छन् ।

    ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १र१ जना रहेका छन् ।

     

    शुक्रवार, भाद्र ५ २०७७०४:२९:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार