काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई इन्द्रावती गाउँपालिकाले सहयोग गरेको छ । इन्द्रावती गाउँपालिकाले मृतकका परिवारलाई सहयोगस्वरुप १ लाख रुपैंया उपलब्ध गराएको छ ।
इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बिहिबार जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ । ९ जनाको अझै पत्ता लागेको छैन ।
बाढीपहिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेका छन् । एक सय ७२ घर रहेको लिदीको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो ।
घटनामा १३ घर पूर्ण क्षति भएका थिए भने ३७ मा आंशिक क्षति भएको थियो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।