बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइसोलेसन अभावमा विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु 

आइसोलेसन अभावमा विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु 

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 2.4K
    SHARES

  • आइसोलेसन अभावमा विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु 

    विराटनगर। होम आइसोलेसनमा बसेका विराटनगरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटगनर ६ घर भएका संक्रमित सरकारले प्रवन्ध गरेको आइसोलेसनमा ठाउँ नभएपछि घरमै बसेका थिए । उनको गएराति ८ बजे मृत्यु भएको हो । प्रदेश १ मा घरकै आइसोलेसनमा मानिसको मृत्यु भएको यो पहिलो घटना हो । 

    मृतक पुरुषलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरमा चालु अवस्थाका सबै आइसोलेसनहरु भरिएका कारण तीन सय भन्दा बढी संक्रमितहरु घरमै बस्न वाध्य भएका छन् । 

    दिर्घरोगी समेत रहेका संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडा नं। ६ का वडाध्यक्ष विजय कामतले बताए । 

    कोरोना बिशेष अस्पतालहरुमा आईशोलेसन बेडको अभाव हुँदा विराटनगर महानगरपालिका भित्र ७ सय ४५ जना कोरोना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आईशोलेसनमा छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    शुक्रवार, भाद्र ५ २०७७१०:२८:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार