शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

नौ किलोग्राम चरेशसहित महिला पक्राउ

नौ किलोग्राम चरेशसहित महिला पक्राउ

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 1.3K
    SHARES

  • नौ किलोग्राम चरेशसहित महिला पक्राउ

    काठमाडौं। प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो । 

    वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।

    शुक्रवार, भाद्र ५ २०७७०८:३८:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार