काठमाडौं । सिन्धुपाल्चोकको प्रहरी उपरीक्षक (एसपी) मा राजन अधिकारी सरुवा भएका छन् । उनी काठमाडौंस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत थिए ।
प्रमुखमा प्रहरी उपरीक्षक(एसपी) को दरबन्दी रहेको जिल्लामा रहेका प्रज्वल महर्जनको सरूवा भएको छ । महर्जन महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट सिन्धुपाल्चोक आएका थिए । प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरूवा गरेको थियो ।
बिहिबार प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । सोही सरुवाका क्रममा अधिकारीको सिन्धुपाल्चोकमा सरुवा भएको हो ।
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीले नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो । २०७७ साल भाद्र महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।