शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

जडिबुटीमा ट्रकले ठक्कर दिँदा इन्द्रावती–७ का कार्कीको निधन

जडिबुटीमा ट्रकले ठक्कर दिँदा इन्द्रावती–७ का कार्कीको निधन

मेगा खबर संवाददाता

४, भाद्र २०७७
  • 2.8K
    SHARES

  • जडिबुटीमा ट्रकले ठक्कर दिँदा इन्द्रावती–७ का कार्कीको निधन

    काठमाडौं । कोटेश्वरको जडिबुटीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ का धनबहादुर कार्कीको निधन भएको हो ।

    ना ६ ख २९१७ नम्बरको ट्रकले बिहीबार दिउँसो १ बजे कार्कीलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट घाइते भएका कार्कीको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उनको त्यही उपचारको क्रममा निधन भएको हो । 

    ट्रक चालक भने नियन्त्रणमा रहेका छन् । 

    मृतकको ठेगाना इन्द्रावति ७ हनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ - सम्पादक

     

    बिहिवार, भाद्र ४ २०७७०३:३६:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार