सप्तरी। प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ । अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बन्नुभएकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।