रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका माधवनारायण २ खेसरहिया रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।