काठमाडौं । निरन्तर विपत्तिले घेरिरहेको सिन्धुपाल्चोकमा पुनः अर्को एक विपत्ति आइलागेको छ । बुधबार दिउँसोेदेखिनै देशभरको मौसम सक्रिय भएको छ । केही महिनाअघिदेखि नै जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति परिरहेका छन् ।
०७१ सालयता विभिन्न ठूला विपत्तिले नछाडेको जिल्लाको बलेफि गाउँपालिकामा बुधबार दिउँसो भिषण पानीसहितको वर्षा भयो । पहिरोको उच्च जोखिममा रहेको र बाढिको प्रभाव परिरहेको बलेफीमा गाउँपालिका कार्यालय भवनमै क्षति पुगेको छ । वडा नं ८ स्थित कार्यालय नजिक रहेको रुख ढलेर हाल संचालनमा रहेको कार्याृलय भवन केही भाग र केही सामाग्री क्षति भएको छ ।

साथै, सामुदायिक मेलमिलापको भवनमा पनि रुखले क्षति पुर्याएको छ ।
ठूलो हावाहुरीका कारण रुख ढलेर कार्यालयको केही सामाग्री क्षति भएको र केही क्षति हुनबाट जोगाइएको वडाध्यक्ष चरि बहादुर तामाङले जनाएका छन् । उनका अनुसार करिब ५० हजार बराबरको भौतिक सामाग्रीको क्षति अनुमान गरिएको छ ।
कार्यालयमा पुगेको क्षतिबारे थाहा पाएर विभिन्न सरोकारवालाहरुले फोन तथा म्यासेजबाट जिज्ञासा राखिरहेको भन्दै वडाध्यक्ष चरि बहादुर तामाङले धन्यवाद व्यक्त गरेका छन् । ‘सुभेक्षा प्रकट गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु साथै हावाहुरी को कारण रुख ढलेर केही अफिसको सामग्री क्षेती भएता पनि बाकी क्षेती हुन बाट जोगाउन सामन सुरक्षित राखिसकेको र मानिस कसैलाई पनि केही नभएको जानकारी गर्दछु । धन्यवाद ।’ उनले भनेका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।