शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

मेगा खबर संवाददाता

३, भाद्र २०७७
  • 1.6K
    SHARES

  • प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

    काठमाडौं। एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

    उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए । 

    भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै  त्रासमा राखेर चरम यातना दिएको खुलेको छ । उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन् ।

    त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत  कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ । अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो । तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज  विज्ञप्तिमार्फत जनाएको छ । 

    बुधवार, भाद्र ३ २०७७०५:२९:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार