काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले बुधबार बिहान कवि परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।
राष्ट्रकवि घिमिरेको हिजो (मंगलबार) आफ्नै निवास लैनचौरमा १०१ बर्षको उमेरमा निधन भएको हो । बुधबार राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न उच्च पदस्तहरु उनको निवास कपुरधारा पुगेका थिए ।
उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।