शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मेगा खबर संवाददाता

३, भाद्र २०७७
  • 2.3K
    SHARES

  • राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

    नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । त्यसअघि राष्ट्रकविको निवासमै पुगेर उपप्रधनमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा आढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्रीहरुपनि उनको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तित्वपनि श्रद्धाञ्जली अर्पण गर्न उनको निवास कपुरधारा पुगेका थिए  । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

    बुधवार, भाद्र ३ २०७७०२:२२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार