शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

निषेधाज्ञामा के खुल्छ ? के खुल्दैन ?

निषेधाज्ञामा के खुल्छ ? के खुल्दैन ?

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 1.5K
    SHARES

  • निषेधाज्ञामा के खुल्छ ? के खुल्दैन ?

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताका लागि निषेधाज्ञा जारी भएको छ । बुधबार राति १२ बजेदेखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको हो । 

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले सो निर्णय गरेको हो । 

    ‘यो निषेधाज्ञामा औषधी, खाद्यान्न तगा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन’ भनिएको छ ।

    यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापा व्यवसाय बन्द गरिने छ । संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

    त्यस्तै, अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन नदिइने बताइएको छ । 

    अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलपूल, ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने बताइएको छ । 

    यस्तै, कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन हुन पाउने छैन। मानिसहरू भेला–जम्मा हुन र भिडभाड गर्न पाइने छैन।

    प्रशासनका अनुसार परम्परागत रुपमा भई आएको दैनिक नित्य पूजाबाहेक धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न र जमघट हुन दिइने छैन। शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत बन्द रहनेछन् ।

    पूर्णपाठ

    मंगलवार, भाद्र २ २०७७१०:१८:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार