शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा

बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 2.4K
    SHARES

  • बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा

    काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।  

    निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुने बुझिएको छ । 

    महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताए । बैठकको औपचारिक निर्णय सार्वजनिक हुँदैछ ।

    अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन ।

    सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ 

    मंगलवार, भाद्र २ २०७७०८:१३:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार