काठमाडौं । कोभिड–१९ का संक्रमितको संख्या दिनानुदिन बढेसँगै सरकारले झनै कडाइ गर्न सुरु गरेको छ । देशका विभिन्न ठाउँमा गरि मंगलबार १०१६ जनामा संक्रमण देखिएको छ । यो संख्या कोभिड–१९ देखिन थालेपछिकै २४ घन्टाको अन्तरालमा सबैभन्दा धेरै हो ।
सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ । तर, सरकारी उच्च अधिकारीहरुले नै आफूले बनाएको नियमको उलंघन गर्दे हिँडेको पाइन थालेका छन् ।
मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली बाजुराको पहिरो प्रभावित क्षेत्रमा राहत वितरण तथा अनुगमनका लागि पुग्यो । जहाँ सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री नै रहेका प्रकाश बहादुर शाह ले नै सरकारी नियमको उलंघन गरेको देखियो ।
गृहमन्त्री थापाभन्दा ठ्याक्कै पछाडि हिँडेका उनी कोभिड–१९ को मध्य महामारीको बेलामा हातमा मास्क बोकेर हिँडेको तस्बिरमा कैद भएका छन् । तस्बिरमा कैद भएका उनी अहिले सामाजिक सञ्जालको ‘हट केक’ बनिरहेका छन् ।
बाजुरामा साउनको अन्तिम साता अर्थात् २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरेका हुन् ।
गृहमन्त्री थापाले बाजुरामा साउन २५ गते राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा बाढी र पहिराले पु¥याएको क्षतिमा अनुगमन गरे । आज मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर गौमसल गाउँपालिका–२ सिम, बडीमालिका नगरपालिका–२ घागर र बुढीगङ्गा नगरपालिका २ र ३ को ताप्रीसेराको अवस्थाबारे जानकारी लिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।