काठमाडौं, सरोकारवालाहरुले सीसीएमसीलाई फागुन १ गते देखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज विद्यालय सञ्चालनबारे छलफल भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी रहेका थिए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु निष्कर्ष निकालिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । उनका अनुसार यसको जिम्मा डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा छलफल भएको थियो ।
उनका अनुसार आगामी आइतबार सिसिएमसी बैठक बस्ने छ । संक्रमणदर फेरि बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जोखिम कायमै भएपछि विदा लम्ब्याएर माघ मसान्तसम्म पुर्याएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।