बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

डि म्याट खाता खोल्नेको संख्या ह्वात्तै बढे, के हो डिम्याट खाता, कसरी खोल्ने?

डि म्याट खाता खोल्नेको संख्या ह्वात्तै बढे, के हो डिम्याट खाता, कसरी खोल्ने?

  • 3.8K
    SHARES

  • डि म्याट खाता खोल्नेको संख्या  ह्वात्तै बढे, के हो डिम्याट खाता, कसरी खोल्ने?

    सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ ।

    हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन् । पुसको अन्तिम सातासम्म हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ४६ हाराहारी थियो । पछिल्लो तीन सातामै २ लाख भन्दा बढीले डिम्याट खाता खोलेका छन् ।

    चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख थियो। पछिल्लो १० महिनामा डिम्याट खाता खोल्नेको संख्या थप १६ लाखले वृद्धि भएको छ । यो सँगै सेयर बजारमा नयाँ लगानीकर्ताको संख्यासमेत तिब्र रूपमा बढेको छ ।

    डिम्याट खाता खोल्नेको सङ्ख्या बढेसँगै शेयर बजारमा आवद्ध हुने जनसङ्ख्यामा समेत वृद्धि भएको छ । नेपालको कुल जनसङ्ख्याको आधारमा बुधबार सम्म १६.५० प्रतिशत जनता शेयर बजारमा आबद्ध भएका छन् । पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ४० लाख हाराहारीमा छ ।

    केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार शुक्रबारसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४८ लाख ३० हजार चार सय ७५ पुगेको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।

    डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन् । सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्दैछ ।

    सिडिएससीका अनुसार बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्। नयाँ बीमा कम्पनी सहित धेरैको आइपिओ पनि आइरहेको छ । डिम्याट खाता खोल्नेको संख्या बढेको हो । हालसम्म ७ अर्ब ९८ करोड ५८ लाख ६५ हजार ५३३ कित्ता सेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ । 

    कहाँ,कसरी खोल्ने खाता?

    यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ। सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन्।त्यस्तै ब्रोकर कम्पनीहरु मार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ ।

    ७६ वटा यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ। आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।

    धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् ।

    केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

    डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ ।

    सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सक्नुहुनेछ।

    आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ?

    त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भएनभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ।

    यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।

    के हो डिम्याट खाता?

    अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो । नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ । विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।

    २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो । हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ ।

    प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ। दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

    शुक्रवार, माघ २१ २०७८१२:३८:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार