काठमाडौं । नेपालमा मंगलबार ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा मंगलबार थप १०१६ जनामा कोरोना संक्रमित भेटिएका हुन् । संक्रमितहरुमा काठमाडौंका १३८ , भक्तपुरमा १७ र ललितपुरका ५० जना रहेका छन् ।
जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
डा गौतमका अनुसार झापाका २१ जना, खोटाङका १ जना, मोरङका १०८ जना, खोखलढुंगाका १ जना, पाँचथरका १ जनाा सुनसरीका ८ जना, उदयपुरका २ जना, संखुवासभाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ भित्रका जिल्लाहरु बारामा ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना, सर्लाहीका १०७ जना, सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्लाहरुमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका १ जना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. गौतमका अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजुङका एकजना, नवलपरासी पूर्वका ४ जना, स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका एकजना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका एकजना, रोल्पाका एकजना र रुपन्देहीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुदुरपश्चिमका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका एकजना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १०५६३ जना रहेका छन् । गत २४ घण्टामा ८५ जना डिष्चार्ज भएका छन् भने हालसम्म १७५८० जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।