शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

चौतारामा २५ शैयाको आइसोलसन थपिने, बागमती प्रदेशमा ६५०

चौतारामा २५ शैयाको आइसोलसन थपिने, बागमती प्रदेशमा ६५०

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 1.4K
    SHARES

  • चौतारामा २५ शैयाको आइसोलसन थपिने, बागमती प्रदेशमा ६५०

    चौतारा । बागमती प्रदेश सरकारले अहिले संचालनमा भइरहेका भन्दा बाहेक थप ६५० शैयाको आइसोलेसन संचालनमा ल्याउने भएको छ । पछिल्ला केहीदिनयता बढ्दै गएको कोरोना भाइरस संक्रमणको जोखिमललाई मध्यनजर गर्दै प्रदेशका विभिन्न जिल्लामा आइसोलेसन संचालनमा ल्याउन लागिएको हो । 

    बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ का अनुसार सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा २५ शैयाको आइसोलेसन थप गरिने भएको हो । त्यस्तै, धादिङ, नुवाकोट र रसुवाको सदरमुकाममा ५० शैया, भक्तपुर र मकवानपुरमा २०० शैयाको आइसोलेसन संचालनमा ल्याउन लागिएको उनले बताए । 

    सिन्धुपाल्चोकमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च ९सिडिइसिएफ० का चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चौताराका विभिन्न तीन स्थान सिल भएको छ । संक्रमित मध्येका २ जना अलपत्र अवस्थामा रहेको सामाजिक सञ्जाल तथा संचार माध्यममा चर्चा भएपछि मन्त्री दुलालको पहलमा आइसोलेसनमा पुर्याइएको छ । 

    सिन्धुपाल्चोकबाटै निर्वाचित भएका मन्त्री दुलालले जिल्लामा संक्रमित राख्ने ठाउँ नभएपछि आइसोलेसन वार्ड थप्ने विशेष पहल गरेका हुन् । त्यस्तै, सिन्धुली, धादिङ र नुवाकोटमा ४ शैया, हेटौंडा र भक्तपुरमा १० शैयाको आइसीयु संचालनमा ल्याइने भएको छ । 

    सो संस्थाको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगरपालिका– ५ किसानटोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबुकाजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई समेत सिल गरिएको छ । 

    कोरोना संक्रमण पुष्टि भएपछि सिडिईसिएफका १ महिला र १ पुरुषलाई मेलम्चीको बाहुनेपाटीस्थित आइसोलेशन र १ महिला र १ पुरुषलाई चौतारा अस्पतालको आइसोलेशनमा राखिने भएको छ ।

    कोरोना संक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए ।

    मंगलवार, भाद्र २ २०७७०४:२४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार