जुगल गाउँपालिका वडा नं ६ हगाममा सोनाम ल्होछार तीन दिन मनाउने भएको छ ।
मन्जुश्री सम्वत २८५८औं( ताक च्यान ल्हो)सोनाम ल्होछारको अवसरमा तामाङ इतिहास, संस्कार संस्कृतिको बिषयमा हाजिरी जवाफ लोसार दौड प्रतियोगिता, सेलो दोहोरि, छ्येलो प्रतियोगिता, लामा झाकि प्रस्तुति, तामाङ बाजाहरु गोङ्गब, टुङ्ना, बासुरिको प्रस्तुति, गित नित्य प्रस्तुति "जुगल गाउँपालिका स्तरीय प्रथम सोनाम ल्होछार कप भलिबल प्रतियोगिता माघ १७,१८,१९ गते हुने भएको छ ।
सांस्कृतिक पर्व सोनाम ल्होछार २८५८ लाई भव्यताका साथ मौलिक ढंगले घर घरमै मनाऔं भन्ने नाराको साथ फ्याफुल्ला युवा क्लब र सोनाम ल्होछार आयोजक समिती हगङ द्वारा जुगल गाउँपालिका स्तरीय प्रथम सोनाम ल्होछार कप भलिबल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा विजयी हुने टीमले १५ हजार नगदसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय हुने टीमलाई क्रमसः १० हजार र ५ हजारसहित मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त खेल हगङ खेलमैदानमा हुनेछ।टिम दर्ता शुल्का दुई हजार मात्र रहने आयोजकले जनाएको छ । सम्पर्क गर्ने व्यक्तिहरू मिलन लामा ९८५१०१७११९ टंक तामाङ ९८५१२७७३९९ अरुण तामाङ:९७४६२८७८००
सत्य तथ्य समाचार सम्प्रेषण