शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

गृहमन्त्री बादलको स्कर्टिङमा हिँडेको अगुवा गाडीले दियो स्कुटरलाई ठक्कर

गृहमन्त्री बादलको स्कर्टिङमा हिँडेको अगुवा गाडीले दियो स्कुटरलाई ठक्कर

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 1.3K
    SHARES

  • गृहमन्त्री बादलको स्कर्टिङमा हिँडेको अगुवा गाडीले दियो स्कुटरलाई ठक्कर

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।

    मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट निवास जान लागेको नेपाल प्रहरीको बा १ झ ५५९४ नम्बरको जीपले सिंहदरबारको पश्चिम गेटनजिक स्कुटरलाई ठक्कर दिएको हो ।

    बा९४ प १०२५ स्कुटरमा सवार नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार उनीहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४०:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार