शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कोरोना का कारण धुलिखेल अस्पतालमा  ९८ वर्षीय वृद्धको मृत्यु 

कोरोना का कारण धुलिखेल अस्पतालमा  ९८ वर्षीय वृद्धको मृत्यु 

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 1.5K
    SHARES

  • कोरोना का कारण धुलिखेल अस्पतालमा  ९८ वर्षीय वृद्धको मृत्यु 

    काठमाडौं। कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज(मंगलबार)  विहान एक वृद्धको मृत्यु भएको छ ।

     धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए ।  कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।

    मंगलवार, भाद्र २ २०७७०८:४१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार