शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

थप ५८१ जनामा संक्रमण, काठमाडौंमै थपिए १६८ जना संक्रमित

थप ५८१ जनामा संक्रमण, काठमाडौंमै थपिए १६८ जना संक्रमित

मेगा खबर संवाददाता

१, भाद्र २०७७
  • 1.5K
    SHARES

  • थप ५८१ जनामा संक्रमण, काठमाडौंमै थपिए १६८ जना संक्रमित

    काठमाडौं । नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा १७३ महिला र ४०८ पुरुष गरि थप ५८१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरुमा काठमाडौं उपत्यकाका १६८ जना रहेका छन् ।

    काठमाडौंमा १३९, भक्तपुरमा १४ र ललितपुरमा १५ जनामा कोरोना देखिएको हो । सोमबार थप १६० जना डिष्चार्ज भएका छन् भने हालसम्म १७ हजार ४९५ जना डिष्चार्ज भएका छन् ।

    हाल सक्रिय संक्रमितको संख्या ९६३९ रहेको छन् भने ७०३९ आइशोलेशनमा छन् । त्यस्तै १५,१९८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै नेपालमा थप तीन जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

    सोमवार, भाद्र १ २०७७०४:५८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार