बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेशनल प्याव्सन सिन्धुपाल्चोकको अध्यक्षमा दामोदर भारती

नेशनल प्याव्सन सिन्धुपाल्चोकको अध्यक्षमा दामोदर भारती

दुर्गा श्रेष्ठ

३, माघ २०७८
  • 2.8K
    SHARES

  • नेशनल प्याव्सन सिन्धुपाल्चोकको अध्यक्षमा दामोदर भारती

    चौतारा- राष्टिय निजी तथा आवासीय विद्यालय (नेशनल प्याब्सन) सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशन बाट दामोदर भारती सर्वसम्मत रूपमा अध्यक्ष भएकाे छ।

    नेसनल प्याब्सन केन्द्रका प्रमुख सल्लाहकार एवम् पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यता, नेसनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष प्रकाश खड्काको विशेष आतिथ्यमा सोमबार अधिवेशन सम्पन्न भएको हो।

    समितिको उपाध्यक्षमा निइन्द्र आचार्य , सचिवमा सन्त घिमिरे र कोषाध्यक्षमा धर्मराज गिरी लगायत सात सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष दामोदर भारतीले जानकारी दिनुभयो ।

    नव निर्वाचित अध्यक्ष भारतीले निर्वाचित भएपछि आफूले निजी विद्यालयहरूमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताउनुभयो । उहाँले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन विशेष भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिदैंै आगामी दिनमा सुझाव एवं सल्लाह लिँदै नेशनल प्याव्सन संस्थालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    सोमवार, माघ ३ २०७८०५:५०:३६

    सत्य तथ्य समाचार सम्प्रेषण

    सम्बन्धित समाचार