बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लिदी पहिरो : चौतारा साँगाचोकगढी नगरपालिकाले गर्यो २ लाख सहयोग

लिदी पहिरो : चौतारा साँगाचोकगढी नगरपालिकाले गर्यो २ लाख सहयोग

मेगा खबर संवाददाता

१, भाद्र २०७७
  • 2.2K
    SHARES

  • लिदी पहिरो : चौतारा साँगाचोकगढी नगरपालिकाले गर्यो २ लाख सहयोग

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकका–२ लिदीका पहिरो पीडितलाई चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग घोषणा गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिङ तामाङले २ लाख रुपैंया सहयोग गर्ने निर्णय गरेका हुन् । 

    कोभिड–१९ महामारीकाबीचमा विपत्तिले घेरेको योे पीडाको समयमा सबै स्थानीय सरकार एकजुट भइ एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भएपनि सहयोग प्रदान गरिएको तामााङले बताए । 

    यसअघि बाढिपहिरोको ठूलो क्षति ब्यहोरेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाँउपालिकालाई पनि चौताराले रु ५ लाख सहयोग गरेको थियो ।

    ‘यति ठूलो विपत्तीमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ मेयर तामाङले भने । भूकम्पपछि कमजोर भुबनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तीबाट धेरै जनधनको क्षति भइरहेको छ । 

    लिदी पहिरो पीडितलाई प्रदेश सरकारले घर बनाउने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल लगायतको टोली शनिबार लिदी पुगेर घर बनाउने प्रतिवद्धता जनाएका थिए ।

    सोमवार, भाद्र १ २०७७०३:०७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार