बुधवार, कार्तिक १९ २०८३Nov 04 2026
पाँचपोखरी थाङपाल गाउँपालिकाले पशुपालन सम्बन्धी तालिम सम्पन्न गरेको छ।बुधवार देखि सुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासि लामाले व्यावसायिक रूपमा पशुपालन गर्न आग्रह गर्दै व्यावसायिक रूपमा कृषि कर्मगर्नेलाइ गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।उहाँले पशु पालक किसानहरूको लागि तालिमपछि सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ५का वडा अध्यक्ष एवम् विभागीय प्रमुख काले गोले ८ का वडा अध्यक्ष विष्णु बहादुर खड्का पशु सेवा शाखा प्रमुख माई सिं तामाङ तथा अन्य वडाका पशु सेवा शाखाका सहजकर्ता हरुको उपस्थिति रहेको थियो ।
प्राविधिक सुनिल ढकाल ,दीपेन्द्र दुलाल ,धन बहादुर बिक ,राजेश खड्का ,विश्वराम भण्डारी लगायतको उपस्थिति रहेको खड्काले जानकारी दिनुभयो
सत्य तथ्य समाचार सम्प्रेषण
Copyright © 2026 All right reserved to mega khabar Site By: SobizTrend Technology.