बुधवार, कार्तिक १९ २०८३Nov 04 2026
चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर २ बतासेमा फैलिएको अज्ञात रोगले धमाधम पशुचौपाया मर्न थालेका छन् ।
एक सातादेखि फैलिएको सो रोगको संक्रमणबाट दर्जन भन्दा बढी चौपाया मरिसकेका छन् भने कतिपय चौपाया रोगले थला परेका स्थनीयहरु बताउँछन् ।
‘एक सातादेखि नै चौपायामा रोग देखिएको छ’ स्थानीय कृष्णवहादुर थापाले भने – ‘चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, मुखमा घाउ हुने, र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेका छन् ।’ मर्ने क्रम रोकिएको छैन् ,यो रोग गाउँभरिका अधिकांश चौपायामा संक्रमण फैलिएको छ ।’ सो रोगका कारण गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको छ ।
तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय पशुपालकहरुले आग्रह समेत गरेका थिए । मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको र खोरेत लागेको हुनसक्ने पशुपालक किसानको अनुमान छ ।
पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबर आएलगत्तै सो रोग नियन्त्रणका लागि स्वास्थ्य टोली शुक्रवार पठाउने तयारी गरेकोे नगरपालिकाले जनाएको छ । अज्ञात रोगले धमाधम पशु मर्न थालेपछी स्थानीय चिन्तित भएका छन् ।
सत्य तथ्य समाचार सम्प्रेषण
Copyright © 2026 All right reserved to mega khabar Site By: SobizTrend Technology.