चौतारा -चौतारा साँगाचोकगडीको समृद्धिको आधार शिक्षा कृषि पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ नगरपालिका को ११ औं नगर सभा आज सम्पन्न भएको छ ।
नगर प्रमुख एवम नगर सभाका अध्यक्ष अमानसिं तामाङको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको शुभारम्भ सभाध्यक्षबाट पानसमा दिप प्रज्वलित गरेर सुरु भएको थियो ।
राष्ट्रिय गान गाएर सम्मान प्रकट गरिएको शुभारम्भ समारोहमा ज्ञात अज्ञात सहिदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । उपप्रमुख जानुका पराजुली बाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आ ।व २०७८०८९ को हाल सम्म हाँसिल गरेका मुख्य मुख्य उपलब्धिहरू र न्यायिक समिति,योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रका अन्य महत्वपूर्ण कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिन् ।
नगरसभामा उद्योग वाणीज्य महासँघ सिन्धुपाल्चोकका प्रतिनिधी उजार सी तामाङ, गैर सरकारी संस्था महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जिवन श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका प्रतिनिधी सँजिव तामाङ, एमाओवादीको प्रतिनिधी मिनादेवी नेपाल, नेपाली काँग्रेसका नगर सभापति ईन्द्रलोचन धितार र एमालेका नगर अध्यक्ष खिलबहादुर श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले नगरपालिकाले आर्थिक वर्ष ०७८’०७९ को हालसम्म हाँसिल गरेका मुख्य -मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०७८’०७९ मा १ अर्व २० करोड ५५ लाख ९४ हजार दुई सय दुई रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा ४२ करोड १० लाख ५९ हजार छ सय ७७ रुपैयाँ एक पैसा अर्थात् ३४ ।९ प्रतिशत मात्र खर्च भएको छ । पुँजिगत तर्फ ४७ करोड १५ लाख १९ हजार एक सय विनियोजन भएको मध्ये १३ करोड ४८ लाख ४२ हजार चार हजार (२८ ।१ प्रतिशत ) खर्च भएको छ । त्यसैगरी चालु तर्फ ७३ करोड ४० लाख ७५ हजार एक सय रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा २८ करोड ८२ लाख १७ हजार दुई सय ६० रुपैयाँ एक पैसा अर्थात् ३९ ।२ प्रतिशत मात्रै खर्च भएको छ । नगरपालिकाले योजना शाखाबाट गरेको वित्तिय प्रगति १०।०६ प्रतिशत मात्रै रहेको छ ।
नगरसभाकै अवसर पारेर नगपालिकामा कार्यरत सात जना गोल्डेन ह्यान्ड चेक लिने शिक्षकहरुलाई प्रतिब्यक्ती १ लाख ५० हजार नगदसहित सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा हेमान श्रेष्ठ, मिनाकुमारी नेपाल, तारादेवी राना, बालकृष्ण गिरी, नारायण गिरी, जित बहादुर नेपाल र अमृत बहादुर दँगाल रहनुभएको छ ।
सभामा विभिन्न सदस्यहरूले राखेका जिज्ञासा सम्बन्धित समितिका संयोजक एवम सभाध्यक्षबाट सम्बोधन भएको थियो । सभाध्यक्षबाट धन्यवाद मन्तव्य सहित सभा विसर्जन भएको थियो ।
सत्य तथ्य समाचार सम्प्रेषण