बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेलम्बु-मेलम्ची क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे कार्यक्रम ल्याउन पूर्व मन्त्री दुलालको माग

हेलम्बु-मेलम्ची क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे कार्यक्रम ल्याउन पूर्व मन्त्री दुलालको माग

दुर्गा श्रेष्ठ

२६, पौष २०७८
  • 1.3K
    SHARES

  • हेलम्बु-मेलम्ची क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे कार्यक्रम ल्याउन पूर्व मन्त्री दुलालको माग

    हेलम्बु-मेलम्ची क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे कार्यक्रम ल्याउन पूर्व मन्त्री दुलालको माग हेलम्बु मेलम्ची क्षेत्रको दिर्घकालिन पुनर्निर्माणबारे छलफल भएको छ ।

    सो क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलसँग सिन्धुपाल्चोकका प्रदेश सांसद युवराज दुलाल शरदले छलफल गरेका छन् ।

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीसंगको छलफल र सहमती अनुसार हेलम्बु-मेलम्ची-इन्द्रावती क्षेत्रको बाढीबाट जोखिममा रहेका ३२ वटा विभिन्न क्षेत्रको संरक्षणको योजनाको फाईल मन्त्री शालिकराम जम्कट्टेल समक्ष पेस गरिएकाे पुर्व मन्त्री दुलालले बताए । यी योजना कार्यान्वयन नहुदासम्म आफु निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    मेलम्ची बाढीबाट क्षतिग्रस्त हेलम्बु-मेलम्ची क्षेत्रको अस्थायी संरक्षणको तत्कालीन र दिर्घकालिन योजनाका बारेमा छलफल भएको उनले बताए । बाढी प्रभावित क्षेत्रको संरक्षणका लागि तत्काल योजना बनाई आवश्यक बजेट व्यवस्थापन गर्ने सहमति भएको उनले बताए ।

    हेलम्बु गाउँपालिकाको चनौटे,किउल,किम्बु र ग्याल्थुम,मेलम्ची नगरपालिकाको तालामाराङ,फट्टे र मेलम्ची बजार,पाँचपोखरी थाङपाल गाउँपालिकाको बरुवा र मेलम्ची बजार पुर्ण रुपमा प्रभावित बनेको थियो ।

    सोमवार, पौष २६ २०७८०४:३९:०३

    सत्य तथ्य समाचार सम्प्रेषण

    सम्बन्धित समाचार