बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

  • 4.8K
    SHARES

  • आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    कोभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरियको छ ।

    कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले मेगाखबरलाई जानकारी दिइन् । 

    कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको उनको भनाइ छ ।

    बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ । 

    आइतवार, पौष २५ २०७८०६:४८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार