शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

मेगा खबर संवाददाता

३२, श्रावण २०७७
  • 1.4K
    SHARES

  • अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनको ७१ वर्षीय उमेरमा निधन भएको हो ।

    शनिबार न्युयोर्क अस्पतालमा उपचारका क्रममा निधन भएको ट्रम्पले जानकारी दिएका छन् ।

    आफ्ना भाईको निधन भएको जानकारी गराउँदै भनेका छन्, ‘‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं। उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ । रोबर्ट, म तिमीलाई माया गर्छु। तिम्रो आत्माले शान्ति पाओस् ।’

    रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो । केही समय उपचार गरेपछि उनलाई निको भएको थियो ।

    आइतवार, श्रावण ३२ २०७७०९:४६:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार