बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा भदौ १ बाट फेरि लकडाउन

सिन्धुपाल्चोकमा भदौ १ बाट फेरि लकडाउन

मेगा खबर संवाददाता

३१, श्रावण २०७७
  • 2.1K
    SHARES

  • सिन्धुपाल्चोकमा भदौ १ बाट फेरि लकडाउन

    चौतारा। कोभिड १९ (कोरोना) भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।
    यो सँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन ।

    लकडाउनको समयमा सबे नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।

    त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।
    जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

    शनिवार, श्रावण ३१ २०७७०८:४०:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार