काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९÷९ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको हो ।
बि एन्ड बि अस्पतालमा ललितपुरका १, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, श्री वीरेन्द्र अस्पतालमा काठमाडौंका ३, सूर्या हेल्थ केयर लाजिम्पाटमा काठमाडौंका २, स्टार अस्पताल सानेपामा काठमाडौंका १० र ललितपुरका ७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जनाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।