शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।
यसअघि नै आयोगले निमावि र मावि तहमा शिक्षकका लागि विज्ञापन आह्वान गरिसकेको छ । आयोगले मावि र निमावि तहमा पनि विज्ञापन यसअघि खुलाइसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।