काठमाडौं । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिए ।
उनका अनुसार अधिकारी आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।
काठमाडाँैका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस ९रद्द० हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ ।
उनलाई आज काठमाडाँै महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।