बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण

  • 1.9K
    SHARES

  • चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण

    ७ करोड वर्ष पुरानो अवशेषमा विकास भएको कंकाल ओभिराप्टोरिड प्रजातिको डाइनासोरको रहेको सीएनएनले जनाएको छ । यसको उपनाम बेबी इङलियाङ राखिएको छ ।

    बच्चा डाइनासोरको असाधारण अवशेष अण्डाभित्र घुम्रिएर बसेको विषयले डाइनासोर र चराबीचको सम्बन्धलाई अझै बलियो बनाएको छ । यो नाम अवशेष सुरक्षित राख्ने चिनियाँ सङ्ग्रहालयको नामबाट राखिएको हो । बेबी डाइनोसोरको हड्डी स–साना र धरमराउँदो अवस्थामा छन् । यसलाई दुर्लभ रुपमा मात्रै सुरक्षित राख्ने गरिएको छ ।

    यसलाई अत्यन्त भाग्यपूर्ण उपलब्धी मानिएको क्यानडास्थित युनिभर्सिटी अफ कालगेरीका एसोसियट प्रोफेसर डारला जेलेनिट्स्कीले बताए । ‘यो अत्यन्त विशिष्टतम विषय हो । म डाइनासोरको अण्डाको विषयमा २५ वर्षदेखि काम गर्दै आएको छु र यो जस्तै अन्य पनि फेला पर्न अझै बाँकी नै छ,”जेलेनिट्स्कीले बताइन् । उनी जर्नल आईसाइन्सका सह–लेखक पनि हुन् ।

    हालसम्मको अवधिमा डाइनोसोरसको अण्डाबाट चल्ला निक्लनुुपूर्व के भइरहेको थियो भन्ने विषयमा थोरै मात्र जानकारीमा आएको छ । किनकी हालसम्म थोरै मात्र कंकाल फेला परेका छन्,’ उनले ईमेलबाट जानकारी गराइन् ।

    यो अण्डा १७ सेन्टिमिटरको हाराहारीमा लामो रहेको छ र टाउकोदेखि पुच्छर सम्म डाइनासोर अनुमानित २७ सेन्टिमिटरको छ । वयस्कको अवस्थासम्म बाँचेको भए यो २ देखि ३ मिटरसम्म लामो हुने  अन्वेषकहरुले अनुमान गरे ।

    डाइनासोर पुनः फेला

    चीन, यूके र क्यानडाका अनुुसन्धानकर्मीले गरेको अध्ययन अनुसार डाइनासोरले बच्चा कोरल्नुपूर्व उनीहरु चरा झैं यताउता चलमलाउने र आफ्नो स्थानमा परिवर्तन गर्ने गरेको निचोड निकालेका छन् ।

    ‘डाइनासोरको अण्डामा सुरक्षित रहेको भ्रुण देख्न पाउँदा हामी खुसी भएका छौँ । यो चरा जस्तैगरी पल्टिरहेको थियो । नउड्ने डाइनासोरमा यस खालको अवस्था पहिले देखिएको थिएन,’ अध्ययनका प्रमुख लेखक तथा बेलायतको बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ता वेसम माले एक बयानमा भने । 

    आधुनिक चराहरुमा यस खालको गतिविधिलाई ‘टकिङ’ भनिन्छ । यी गतिविधि केन्द्रीय स्नायु प्रणालीले नियन्त्रण गर्ने र कोरल्ने काममा अति नै प्रभावकारी हुने बताइए ।

     

    शुक्रवार, पौष ९ २०७८०४:००:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार